२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

चिकित्सा शिक्षा विद्येयक प्रतिवेदन संसदमा पेश

काठमाडौं-  संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेश भएको छ। समितिका सभापति जयपुरी घर्तीले समितिबाट पारित उक्त विद्येयकको प्रतिवेदन छलफलका लागि संसदमा प्रस्तुत गरेकी हुन्।

राष्ट्रिय चिकित्सा विद्येयक साउन २१ मा छलफलका लागि शिक्षा तथा स्वास्थ्य समितिमा पठाइएको थियो। समितिले यस विद्येयकमाथि छलफल गर्न १० सदस्यीय उपसमिति समेत गठन गरेको थियो। उपसमितिको सुझाव, विज्ञहरुलाई समितिमा आमन्त्रण र समितिमै यस विषयमा गहन र व्यापक छलफल पश्चात समतिबाट विद्येयक बहुमतले पारित गरिएको समितिका सभापति घर्तीले बताइन्।

उक्त विद्येयक समितिले बहुमतले पारित गरेकै दिन (पुस २५) देखी प्राध्यापक डा. गोविन्द केसी ईलाममा अनशन बसिरहेका छन्। विगतमा आफुसँग भएका सहमति विपरित उक्त विद्येयक समितिबाट बहुमतले पारित गरेको भन्दै डा. केसी अनशन बसेका हुन्।

त्यस्तै संसदमा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विद्येयक २०७५ समेत बहुमतले पारित भएको छ। उक्त विद्येयक गृहमन्त्री रामवहादुर थापाले प्रस्तुत गरेका थिए। विद्येयक पारित भएसँगै एकीकृत राष्ट्रिय परिचय पत्रको लागि मार्ग प्रशस्त भएको बताए। 

प्रकाशित: २९ पुस २०७५ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App