१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ। भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकी हुन्। 

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अर्यालले जनताले सास्ती पाएको भन्दै जग्गाको कित्ताकाट फुकुवा गरिएको बताइन। उनले कित्ताकाट गर्न स्थानीय तहको सिफारिस चाहिने बताइन। 

अदालतको आदेश, अख्तियारको निर्देशन, सतर्कता केन्द्रको अध्ययन प्रतिवेदन र जनप्रनितिनिधीको रायसुझाव लिएर जग्गाको कित्ताकाट फुकुवा गरिएको मन्त्री अर्यालको भनाई छ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका तत्कालिन भूमिसुधारमन्त्री गोपाल दहितले मन्त्रीस्तरीय निर्णयबाट जग्गाको कित्ताकाटमा प्रतिबन्ध लगाएका थिए। त्यतिखेरको निर्णयअनुसार वर्षमा एकपटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था गरिएको थियो। यो निर्णय २०७४ साउन २६ गतेबाट कार्यान्वयनमा आएको थियो। 

यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका थिए। कृषि भूमिको संरक्षण हुने गरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गरिने उनको भनाई थियो।

प्रकाशित: २७ पुस २०७५ १५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App