१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पृथ्वीनारायणकाे एकीकरणले नै नेपाल स्वाधीन राष्ट्र : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन्।

दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा विहिबार काठमाडाैंमा आयोजित कार्यक्रममा उनले भने, “पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन्।”

ओलीले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको भन्दै उनीप्रति नकारात्मक टीकटिप्पणी नगर्न आग्रह समेत गरे। उनले नेपाल एकिकरण गरेकाे तथ्य अकाट्य रहेकाे भन्दै पृथ्वीनारायण शाहले एकीकरणको नेतृत्व गरेकै कारण नेपाल स्वाधीन राष्ट्रको रुपमा रहेकोले ऐतिहासिक तथ्यलाई कसैले भुल्न नहुने बताए। पृथ्वीनारायणले नेपाल राष्ट्रको एकीकरणको अगुवाइ नगरेको भए नेपाल अहिलेको अवस्थामा नआउने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेकोले प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने बताए।

प्रकाशित: २६ पुस २०७५ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App