६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओखलढुंगाका पाँच स्थानीय तह ‘अति दुर्गम’

ओखलढुंगा – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा ओखलढुंगाका पाँच स्थानीय तह ‘क’ वर्ग अर्थात् अति दुर्गमको सूचीमा परेका छन्। जिल्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये पाँच स्थानीय तह अति दुर्गमको सूचिमा परेका हुन्।

खिजिदेम्बा, लिखु, चम्पादेवी, मोलुङ र चिसंखुगढी गाउँपालिका ‘क’ वर्ग अर्थात् अति दुर्गमको सूचिमा परेका हुन्। यस्तै सुनकोसी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिका ‘ख’ वर्ग अर्थात् दुर्गमको सूचिमा परेका छन्। जिल्लाको एक मात्र नगरपालिका सिद्धिचरण मध्यम अर्थात् ‘ग’ वर्गमा सूचिकृत भएको छ। जिल्ला समन्वय समितिले दिएको सूचनाका आधारमा मन्त्रालयले स्थानीय तहरूको वर्गीकरण गरेको हो।

यातायात सुविधा, प्रदेश राजधानी तथा जिल्ला सदरमुकामदेखिको दूरी, शिक्षा, स्वास्थ्य, दुरसञ्चार, विद्युत्, मानव विकास सूचकांक, भौगोलिक अवस्था आदिका आधारमा उक्त वर्गीकरण गरिएको मन्त्रालयले जनाएको छ। स्थानीय तहलाई क, ख, ग र घ गरी चार वर्गमा विभाजन गरिएको छ। ‘क’ अति दुर्गम, ‘ख’ दुर्गम, ‘ग’ मध्यम र ‘घ’ वर्गलाई सुगम स्थानीय तहको संज्ञा दिने गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: २३ पुस २०७५ ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App