१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वाइड बडी विमान खरीदका दोषीलाई कारवाही हुनुपर्छ : सभापति देउवा

विराटनगर- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडी विमान खरीदका दोषीलाई कानूनअनुसार कारवाही गर्नुपर्ने बताएका छन्। 

विराटनगर विमानस्थलमा शु्क्रवार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वाइड बडी विमान खरीद छानबिन संसदीय उपसमितिले कुनै मन्त्रीलाई कारवाहीको सिफारिश गरिएको विषयमा आफूलाई जानकारी नभएको प्रष्ट पारे। 

सभापति देउवाले उपसमितिले तयार पारेको प्रतिवेदन आफूले अध्ययन नगरेको र यस विषयमा विस्तृत केही भन्न नसक्ने उल्लेख गर्दै निर्मला पन्त्तको बलात्कारपछि हत्याका आरोपीलाई पक्राउ गर्न नसक्नु गृह प्रशासनको कमजोरी भएको धारणा व्यक्त गरे। प्रमाण मेटाएर नै अपरोधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै उनले निर्मलाको परिवारले न्याय नपाएसम्म काङ्ग्रेसले यो मुद्दालाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे। 

एक प्रश्नको जवाफमा सभापति देउवाले काङ्ग्रेसको आगामी महाधिवेशन तोकिएको मितिमै हुने प्रष्ट पार्दै ‘अर्ली महाधिवेशन’ सम्बन्धी कुरा कतैकतैबाट उठेको सम्बन्धमा जानकारी नभएको बताए। कर्मचारी अभावका कारण प्रदेश र स्थानीय तहमा जनताले सेवा र सुविधा प्राप्त गर्न नसेकर दुःख पाइएको बताउँदै उनले डर त्रासभन्दा पनि सेवा र सुविधा वृद्धि गरी कर्मचारीलाई कार्यक्षेत्रमा पठाउनुपर्नेमा जोड दिए। 

प्रकाशित: २० पुस २०७५ १६:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App