१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको छ : प्रधानमन्त्री ओली

फाइल तस्बिर

मिक्लाजुङ - प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी नदीमा पानीजहाज चलाउने प्रक्रिया अघि बढेको बताएका छन्। पूर्वी नेपालका चार जिल्ला जोड्ने भेँडेटार–रवि–राँके सडक शिलान्यास तथा पाँचथरको मिक्लाजुङ गाउँपालिकामा केन्द्रीय विद्युत् प्रसारण लाइन उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने “पानीजहाज चलाउने कुरा अब यथार्थमा परिणत हुन्छ। यो कुनै मजाकको विषय होइन।” विद्युत् निर्यात सम्झौता भइसकेका कारण विद्युत् उत्पादनमा बढोत्तरी हुने बताउँदै प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण र सघन उत्पादनमा जुट्न स्थानीय बासिन्दालाई आग्रह गरे।

मुलुक हरेक दिन एक कदम अघि बढिरहेको बताउँदै उनले मुलुकलाई सुगम र उज्यालो बनाउन दैनिक रूपमा काम हुँदै आएको बताए। “मेचीदेखि महाकालीसम्म सबैतिर सुगम सडक पुग्दैछ, बिजुलीबाट मुलुक उज्यालो बन्दैछ”, प्रधानमन्त्री ओलीले भने, “सबै जिल्लालाई सडक सञ्जालले जोडिसकेपछि गाउँगाउँसम्म सुगम सडक बनाउने अभियान अघि बढाइन्छ।” निरक्षरताको अन्त्य गर्ने कार्यक्रम विस्तार भइरहेको छ भन्दै प्रधानमन्त्री ओलीले फुस, खर र परालको छानो रहेका घरमा जस्तापाता उपलब्ध गराइने कार्यक्रम अघि बढेको बताए।

मुलुकमा भूकम्पपछिको पुनःनिर्माण ४५ प्रतिशत पूरा भएको जानकारी दिँदै उनले पुरातात्विक पुनःनिर्माणसमेत द्रुत गतिमा हुने बताए।रासस

प्रकाशित: २० पुस २०७५ १०:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App