१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘हत्यारा पत्ता लगाउने नसक्ने सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै हो ?’

काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाएका छन्। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको भन्दै सुरक्षाकर्मी हत्यारा पत्ता लगाउन राखिएको हो कि मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्न भनी प्रश्न गरे। 

‘चार महिना अघि भएको निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरण आज पनि चर्चित नै छ। यो कसको कमजोरी हो ? एउटा बच्चा बलात्कृत हुन्छ, त्यसलाई मारिन्छ, र त्यसको दोषी को हो भन्ने पत्तै लाग्दैन्। अनि यो भन्दा निकम्मा सरकार अरु को होला?’ रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘यो देशमा यतिका प्रहरी छन्। सशस्त्र प्रहरी छन्। सेना छ। लाखौंको संख्यामा सुरक्षाकर्मीहरु छन्। अझ नपुगेर भर्ना गरिँदैछ, के को लागि? केवल मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि?’ 

साढे ३३ केजी सुन तस्करी प्रकरण पनि सरकारले नै सामसुम पारेको दाबी गरे। सरकारकै कारण यो प्रकरण सेलाएको भन्दै उनले थपे, ‘अहिले त जेलमा भएकाहरुपनि धमाधम छुट्दैछन्।’ 

प्रकाशित: १८ मंसिर २०७५ ११:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App