१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

'फाईल वर्क'का कारण कोलम्बो प्रोसेसको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

 काठमाडौ– राजधानीमा जारी कोलम्बो प्रोसेसको बैठक उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

उद्घाटनको अन्तिम तयारी चलिरहेका बेला ओली उक्त कार्यक्रममा जान नसक्ने जनाइएको छ। वैदेशिक रोजगारमा श्रमिक आपूर्तिकर्ता १२ राष्ट्रहरुको संगठन काेलम्बाे प्राेसेसकाे सिखर सम्मेलनको राजधानीको शोल्टी होटलमा आज ओलीले उद्घाटन गर्ने कार्यक्रम तोकिएको थियो। हिजो सचिबस्तरीय बैठक भएको थियो।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार ओली बालुबाटारमै ब्यस्त हुनुपरेकाले उक्त कार्यक्रममा जान नसकेका हुन्। ‘प्रधानमन्त्री ज्यू फाइल वर्क र भेटघाटमा व्यस्त हुनुपरेकाले कोलम्बो प्रोसेसको कार्यक्रम उद्घाटनमा नजानुभएको हो,’ उनले भने। यसअघि ओलीको स्वास्थअवस्थामा सुधार आएकाले कोलम्बो प्रोसेसको उद्घाटन कार्यक्रममासँगै सार्वजनिक कार्यक्रममा सरिक हुने बताइएको थियो।अन्तरराष्टियस्तरकाे कार्यक्रम उद्घाटन छाडनुपर्ने फाइल वर्क र भेटघाटबारे भने अर्यालले थप खुलाएनन्।

यस अघि ओली अस्वास्थताका कारण लामोसमय सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिएनन्।  नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको चियापानमा समेत उपस्थित हुन नसकेका ओली त्यस्को २ दिनपछि कार्तिक १२ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए।

अस्तपालबाट डिस्चार्ज भएसँगै ओली सार्वजनिक कार्यक्रममा उपस्थित भएका छैनन्। ओलीको स्वास्थस्थिति भने सामान्य नै रहेको अर्यालले जानकारी दिए।

 

प्रकाशित: ३० कार्तिक २०७५ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App