१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिनियाँ राष्ट्रपति छिट्टै नेपाल भ्रमणमा आउनुहुन्छ भन्ने विश्वास छ : राजन भट्टराई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन्। उनले भने,‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भैरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ। अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ। तर अहिले मिति तोक्दैनौं।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा. भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे। उनले थपे,‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं। र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं। यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं। ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ।’

सल्लाहकार भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे। उनले भने,‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भैरहेको छ।’

नेपालबाट अन्य द्धन्द्धग्रस्त देशहरुले पनि सकारात्मक कुरा सिक्न सक्नेछन भनेर कुटनीतिक नियोगका प्रमुखहरुले भन्न गरेको पनि भट्टराईले सुनाए। उनले भने,‘एक किसिमले भन्ने हो भने यो हाम्रो राष्ट्रिय पुँजी हो। हाम्रो सफलताको सन्देशसहित उनीहरुसँग हाम्रो अनुभव आदान–प्रदान गर्नुपर्छ। अहिले पछिल्लो कालमा हाम्रो दुई वटा मुलुकबाट नेपालमा हाई–लेभल भिजिट भएको छ। अफगानिस्तान र म्यानमारबाट नेपालमा उच्चस्तरीय भ्रमण भएका छन्।’

प्रधानमन्त्री केपी शर्मा ओली आगामी सन् २०१९ को जनवरी/फेब्रुअरीतिर महत्वपूर्ण भ्रमणमा जाने आफूले सूचना पाएको पनि भट्टराईले जानकारी दिए। उनले भने,‘उहाँ महत्वपूर्ण अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन विदेश भ्रमणमा जानुहुन्छ। त्यस्तै द्धिपक्षीय भ्रमणमा पनि जाने सूचना छ।’

फरक प्रसँगमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए। भट्टराईले भने,‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गैसकेको छ। उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ। र आग्रहपनि छ।’

 

प्रकाशित: २९ कार्तिक २०७५ १०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App