१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना (भिडियो सहित)

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गरेका छन्। ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ। यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ।’

प्रधानमन्त्रीले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन्। 

प्रधानमन्त्रीले छठ पर्वको अवसरमा समृद्धि र विकासका लागि सुरु भएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियानमा सम्पूर्ण नेपाली दिदीबिहनी एवं दाजुभाइहरुलाई गोलबद्ध हुन अपिल पनि गरेका छन्।

संसारका सम्पूर्ण भौतिक र प्राकृतिक विकास ‘सूर्य’ मा  नै आधारित रहेको बताउ“दै प्रधानमन्त्रीले सूर्यको प्रकाशको विना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तुलगायत कसैको पनि अस्तित्व रहन नसक्ने बताएका छन्। ‘पृथ्वीमा उर्जाको सबै भन्दा शक्तिशाली स्रोत सूर्यको आराधना गर्नु सांस्कृतिक र धार्मिक विश्वासको निरन्तरता मात्र होइन, सूर्यको उपासना बैज्ञानिक दृष्टिले पनि उपयुक्त छ,’ शुभकामना सन्देशमा भनिएको छ।

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै मुलुक अब गरिबीको दुश्चक्रबाट मुक्त हुनुपर्ने बताउ“दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारले काम गरिरहेको उल्लेख गरेका छन्। अबको चार बर्षभित्र मुलुकलाई विकास र समृद्धिको मार्गमा हिंडाउने दृढ संकल्प प्रधानमन्त्रीले दोहोर्याएका छन्। ‘मुलुकमा राजनीतिक स्थायित्व कायम भएको छ।

अब हामी अल्झिनुपर्ने कुनै कुनै मुद्दा र विषय बाँकी छैन्। मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्नुछ,’ प्रधानमन्त्रीले भनेका छन्, ‘मुलुकलाई समृद्ध बनाउने अभियानमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारहरुले काम गरिरहेका छन्।’

प्रकाशित: २७ कार्तिक २०७५ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App