१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

कानुन कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

काठमाडौं – राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए–नभएको बारे अध्ययन गर्न जोड दिइएको छ। समितिको आइतबारको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन गर्न सुझाव दिए।

नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेलले संसद्ले विषयगत रुपमा अध्ययन गरी बनाएको कानुनको कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्दै कुनै पनि बहानामा कानुन कार्यान्वयनको कमी हुन नहुने बताए।

कानुनविद् खिमलाल देवकोटाले विकसित मुलुकमा अध्ययन–अनुसन्धान गरेर मात्र कानुन निर्माण गर्ने परिपाटी रहेको उल्लेख गर्दै नेपालका कानूनको प्रभावकारिताबारे अध्ययन गर्न जरुरी भएको बताए।

समितिका सभापति पशुराममेघी गुरुङले कानून कार्यान्वनका विषयमा आगामी बैठकमा पनि छलफल जारी रहने बताउनुभयो ।   (रासस)
 

प्रकाशित: १८ कार्तिक २०७५ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App