१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठककाे तयारी तीव्र

काठमाडौं–  मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने महासमिति बैठकको विभिन्न तयारीलाई  प्रतिपक्षी दल नेपाली कांग्रेसले तीव्रता दिएको छ। पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ। 

महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं कांगे्रस जिल्ला कार्यसमिति काठमाडौँका सभापतिको अध्यक्षतामा बसेको बैठकले आज विभिन्न पाँच उपसमिति गठन गरेको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिएका छन्। बैठकले भक्तपुर कांग्रेसका सचिव उद्धव सिलवालको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, काठमाडौँ कांगे्रेसका कोषाध्यक्ष गोविन्द पुडासैनीको संयोजकत्वमा मञ्च तथा प्रचारप्रसार व्यवस्थापन उपसमिति र ललितपुर काङ्ग्रेसका सचिव भीमसेन घिमिरेको संयोजकत्वमा स्वयंसेवक व्यवस्थापन उपसमिति गठन गरेको छ। 

त्यस्तै भक्तपुर काङ्ग्रेसका सचिव निशान ढुङ्गेल संयोजकत्वमा स्थानीय व्यवस्थापन सचिवालय उपसमिति गठन गरिएको छ। आर्थिक व्यवस्थापन गर्न उपत्यकाका तीनै जिल्लाका सभापतिलाई जिम्मा दिने निर्णय गरिएको उनले बताए। कांग्रेस केन्द्रीय कार्यसमितिकोे गत भदौ ९ गतेको बैठकले महासमितिको बैठक आगामी मसिंर ५ देखि ९ गतेसम्म काठमाडौँँमा गर्ने निर्णय गरेको थियो। 

 

प्रकाशित: १३ कार्तिक २०७५ ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App