१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रदेश प्रहरी ऐनमा हाम्रो विरोध छैन्ः नेकपा

काठमाडौं– नेकपाका प्रदेश नम्बर २ का ईन्चार्ज एवम् प्रदेश नम्बर २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश प्रहरी ऐनमा आफूहरुको विरोध नरहेको बताएका छ। प्रक्रियामा मात्रै आफूहरुको आपत्ति रहेकोको उनको भनाई छ।

रिपोर्टर्स क्लबको साक्षात्कारमा नेता मण्डलले दुई नम्बर प्रदेशले प्रहरी ऐन ल्याउँदा आफूहरुले विरोध नगरेको स्पष्ट पारे। यद्यपी उनले अहिले हतार नगरौं भनेर बारम्बार आग्रह गरेको सुनाए। ‘दुई नम्बर प्रदेशमा अस्थिरता नआओस् भनेर हामीले बजेट ल्याउँदापनि विरोध गरेनौं। कहिल्यैपनि हामी विरोधमा गएका छैनौं। अहिले पनि प्रदेश लोकसेवा आयोग ऐन ल्याएको छैन्। मधेशका जनताको हितमा काम गर्नुपर्छ। तर, हामीले अहिले प्रक्रियामा विरोध गरेका छौं’, उनले भने।

नेता मण्डलले राजपा र फोरमको सीके राउत र सशस्त्र समूहरुसँग अन्तरसम्बन्ध रहेको आरोप पनि लगाए। उनले भने, ‘संविधान दिवसको दिन जनकपुरको रामानान्द चोकमा सीके राउतले मधेशलाई आजादी चाहिएको छ भनेर हिन्दीमा भाषण ठोके। छुट्टै देश बनाउनुपर्छ भनेर भाषण ठोके तर त्यसको २ नम्बर प्रदेशको सरकारले निन्दा र भत्र्सनापनि गर्न सकेन।’

त्यस्तै उनले प्रदेश नम्बर २ को सरकारको ०७५÷७६ को बजेटमा हिन्दीमा कोटेशन फिट गरिएको भन्दै आपत्ति पनि जनाए। मण्डलले थपे, ‘अब हामीलाई शंका लाग्न थालेको छ। मधेशी दलहरुको सीके राउतसँग अन्तरसम्बन्ध छ। उहाँहरुको अप्रत्यक्ष रुपमा देश टुक्रयाउन सहयोग छ भन्ने कुरा अहिले आएर मलाई विश्वास भयो। राष्ट्रमा संकट खडा गर्न उनीहरुको भूमिका छ।’ 

मण्डलले २ नम्बर प्रदेशमा सत्तारुढ दल फोरम र राजपाले प्रथम चौमासिक बजेटको ७५ प्रतिशत बजेट एनजिओलाई बाँडेको पनि आरोप लगाए। 

प्रकाशित: ९ कार्तिक २०७५ १२:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App