काठमाडौ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउसो प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ। बैठक नियमित रहेकाले समसामयिक विषयमा छलफल हुने नेकपाका महासचिब विष्णु पौडेलले जानकारी गराए।
दिउसो ३ वजे बस्ने बैठकमा सरकारका कामकारवाहीको समीक्षा र पार्टीका एकिकरण हुन बाँकी रहेका विभिन्न संगठनबारे छलफल हुने बताइएको छ। ९ सदस्यीय सचिवालयको आजको बैठकमा ७सदस्यमात्र उपस्थित हुनेछन्। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र इश्वर पोखरेल देशबाहिर रहेका कारण उनीहरु बैठकमा अनुपस्थित हुनेछन्।
यस अघिको सचिवालय बैठकले प्रदेश स्तरमा भएको एकिकरण, दाेहाेराे पदीय दायित्वलगायतका विषयमा बरिष्ठ नेता माधवकुमार नेपालले राखेको लिखित असन्तुष्टि आगामी १२ र १३ गते हुने तय गरिएको स्थायी समिति बैठकमा छललफ गर्ने तय गरेको थियो।
प्रकाशित: ७ कार्तिक २०७५ ०६:०५ बुधबार