३ आश्विन २०७७ शनिबार
राजनीति

गुण्डा नाइके बस्नेतलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडाैं- सर्वोच्च अदालतले गुण्डा नाइके समीरमान बस्नेतलाई तीनदिनभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ। 

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बुधवार बस्नेतलाई सूचना पाएको तीनदिनभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश जारी गरेको हो। 

ललितपुरस्थित नख्खु कारागारमा रहेका बस्नेतलाई गत सोमबार मुस्ताङ कारागार पठाइएको थियो। आदेशसँगै सूचना पाएको तीनदिनभित्र बस्नेतलाई सर्वोच्च अदालतमा उपस्थित गराउनुपर्ने भएको हो। 

बस्नेतलाई गैरकानूनीरुपमा थुनामा राखेको उल्लेख गर्दै सुधीरमानसिंह बस्नेतले बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकीकरणको रिट निवेदन दायर गरेका थिए।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्या आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले भारतबाट पक्राउ गरी गत मङ्सिरमा सार्वजनिक गरेपछि बस्नेतलाई थुनामा राखेको थियो। गौचनको गत असोज २३ गते काठमाडौँको बानेश्वरस्थित शान्तिनगरमा गोली हानी हत्या भएको थियो। रासस

प्रकाशित: १७ आश्विन २०७५ २२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App