२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको १५औं महाधिवेशन : तीन समूहको मतगणना आज हुँदै

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (मधेशी), केन्द्रीय सदस्य (मधेशी खुला) र केन्द्रीय सदस्य (मधेशी महिला) पदको मतगणना आज (बुधबार) बिहान ८:३० बजेदेखि सुरु हुने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचित समितिले मंगलबार सूचना जारी गर्दै ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा मतगणना हुने जानकारी दिएको हो। 

जारी मतगणना असोज २३ गते बेलुका ९ बजेदेखि सुरु भएको थियो। केन्द्रीय सदस्य पदका उम्मेदवारले भने आफ्नो सट्टा प्रतिनिधि पठाउन नपाउने बताइएको छ। 

प्रकाशित: २८ आश्विन २०८३ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App