१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दुई तिहाईको सरकार नालायक : केसी

रुपन्देही– नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले दुई तिहाईको सरकार भएरपनि हत्या हिंसा रोक्न नसकेको भन्दै नालायक सरकारको संज्ञा दिएका छन्। दशैभर ३ बर्षिया बालिकादेखि ८३ बर्षिय बृद्धासम्म बलात्कृत हुँदा पनि दुई तिहाईको सरकारले अपराधी पत्ता लगाउन नसक्नु नालयकीपन भएको उनको भनाई छ। ‘प्रधानमन्त्री अरिंगाल बन्ने भन्दै हुनुहुन्छ तर एउटा अपराधी तीन महिनादेखि पत्ता लाग्दैन’, उनले प्रश्न गरे। 

नेपाल प्रेस युनियन रुपन्देहीको २० औं साधारणसभा तथा आठौं अधिवेशनलाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता केसीले सरकार निरंकुश बन्दै गएको बताए। उनले कम्युनिष्ट कहिल्यै पनि लोकतन्त्रवादी हुन नसक्ने पनि बताए। ‘अमिलो रोपेर सुन्तलाको आश गर्नुहुँदैन, कम्युनिष्टबाट लोकतन्त्र आउँदैन’, उनले भने। उनले स्वतन्त्र प्रेस र न्यायलयमाथि सरकारले हस्तक्षेप गर्नु त्यसको परिणाम भएको जिकिर गरे। दुई तिहाईको सरकारले डराएर प्रेसलाई अंकुश लगाएको उनको टिप्पणी छ। पूर्वमन्त्री समेत रहेका केसीले प्रेस स्वतन्त्रता कुण्ठित भए लोकतन्त्र पनि नहुने बताए। ‘प्रेसलाई नियन्त्रण गर्नु भनेको जनतालाई सूचनाको हकबाट बञ्चित गराउनु हो’, उनले भने। 

नेपाली काँग्रेस लोकतन्त्रको पक्षधर भएकाले प्रेस स्वतन्त्रता कुण्ठित गरिए कडा प्रतिवादमा उत्रने उनले स्पष्ट पारे। ‘प्रेसको स्वतन्त्रता मेरो स्वतन्त्रता हो, जनताको स्वतन्त्रता हो’ उनले भने, ‘सूचना लुकाउन खोजिए त्यसले लोकतन्त्र नै मर्छ।’ उनले पत्रकारिता राज्यको चौथौ अंगको रुपमा रहेकाले सार्वजनिक महत्वका हरेक बिषयका सूचना जनताले थाहा पाउनुपर्ने बताए। ‘अमेरिकाका राष्ट्रपति निक्सनले वाटरग्रेड स्क्याण्डल मिडियाले सार्वजनिक गरेपछि राजीनामा दिनुप¥यो’, उनले भने ‘अनियमितता र भ्रष्टाचारका खोजमुलक समाचार लेख्नुस सत्यको जीत हुन्छ।’ 

पत्रकारितालाई अझ सशक्त बनाउन आग्रह गर्दै उनले काँग्रेस लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए। उनले दुई तिहाईको सरकारले विकासको हावादारी सपना देखाएको आरोप लगाए। 

प्रकाशित: ३ आश्विन २०७५ १३:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App