१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्ति पछि समाजिक सञ्जालमा अरिंगाल चर्चा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार पोष्टबहादुर बोगटी स्मृति दिवसमा सरकार विरोधीविरुद्ध अरिंगालझै एक भएर झम्टिन नेता कार्यकर्तालाई निर्देशन दिए। तर उनको यो अभिव्क्ति आफै तर्फ फर्किएको छ। यतिबेला सामाजिक सञ्जालमा अरिंगाललाई बिम्व बनाउँदै प्रधानमन्त्रीको भनाईबारे विभिन्न टिप्पणीहरु भइरहेका छन्।

सरकार र पार्टीविरुद्ध बोल्नेलाई ‘प्रतिक्रियावादी’ भन्दै ओलीले विरोधी विरुद्ध अरिङ्गालको शैली अपनाउने वा नअपनाउने भन्दै उनले कार्यकर्तालाई प्रश्न समेत गरेका थिए। उनले कार्यकर्तालाई अरिंगालको जति बुद्धि छ कि छैन?’ भन्दै प्रश्न समेत गरेका थिए। प्रधानमन्त्रीको यो भनाई बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका दोषी लामो समयसम्म पत्ता नलागेको भन्दै सरकार र नेकपाविरुद्ध चौतर्फी आलोचना भइरहेका बेला आएको हो।

विगतमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिरहेको समयमा गोर्खाली सेनाको फौजले अरिंगाल र बछ्युँका गोलालाई हतियारको रूपमा प्रयोग गरेर इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई हराएको थियो। त्यतिखेर हतियारका रुपमा चर्चामा आएको अरिंगाल अहिले फेरि प्रधानमन्त्री ओलीको अभिव्यक्तिले चर्चामा आएको छ।

प्रधानमन्त्रीले पार्टी र सरकार विरोधीहरुसँग अरिंगालझै एक भएर झम्टिन भनेपछि सामाजिक सञ्जालमा अरिंगाल चर्चित भएको हो। प्रयोगकर्ताले व्यंग्य, आक्रोश र आलोचनात्मक सुझावका रुपमा अरिंगाललाई उल्लेख गरेर आफ्ना विचार सार्वजनिक गरिरहेका छन्।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत 'अरिंगाल' अभिव्यक्तिको बारेमा ट्विट गरेका छन्। उनले भनेका छन्, ' प्रमको आशय आफ्नै पार्टीका साथीहरूले सहयोग गरेनन् भन्ने हुनसक्छ। त्यतिसम्म अन्यथा हैन। तर अरिंगालको विम्व चाहिं उपयुक्त भएन। लोकतन्त्रमा विरोधको आवाजलाई थुन्ने हैन वरू त्यसलाई सतर्कताको घण्टी मानेर आफु अझ कर्तव्यपरायण बन्ने हो। निर्मलाप्रकरणमा सरकार गम्भीर बन! '


पत्रकार किशोर नेपालले 'हरेक दिन बिहान अखबार संगसंगै एक हुल अरिंगाल आउँछन र चिल्न थाल्दछन। के यही नै हो हाम्रो नियति ?', ट्विट गरेका छन्।

हरेक दिन बिहान अखबार संगसंगै एक हुल अरिंगाल अाउँछन र चिल्न थाल्दछन । के यही नै हाे हाम्राे नियति ?

— Kishore Nepal (@kishorenepal) September 15, 2018

कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले तस्बिर सहित ट्विट गरेका छन्, ' राजनैतिक दर्शनको प्रष्ट फरक !! प्रम विपिले एक पत्रीकालाई नियमित रुपले मासिक रकम दिएर आग्रह गर्नुभएछ `सरकारको गल्ती कमजोरी निरन्तर औंल्याइदिनुस्, जनभावना बुझेर काम गर्न मलाई सजिलो हुनेछ ! दुइतिहाइका अर्का प्रमले आज अह्राउनु भयो…`विरोध गर्नेका विरुद्ध अरिंगाल भएर जाइलाग्नोस् ! '

राजनैतिक दर्शनको प्रष्ट फरक !!

प्रम विपिले एक पत्रीकालाई नियमित रुपले मासिक रकम दिएर आग्रह गर्नुभएछ `सरकारको गल्ती कमजोरी निरन्तर औंल्याइदिनुस्, जनभावना बुझेर काम गर्न मलाई सजिलो हुनेछ´ !

दुइतिहाइका अर्का प्रमले आज अह्राउनु भयो…`विरोध गर्नेका विरुद्ध अरिंगाल भएर जाइलाग्नोस् ! pic.twitter.com/mIgNTGNfs1

— Bishwa Prakash शर्मा (@bishwaprakash77) September 15, 2018

जुगल भुर्तेलले अरिंगालको तस्बिर सहित ट्विट गरेका छन्, ' पर्परि भुटेको अरिंगाल, पापड र टिम्मुरसँग बहुतै मिठो हुँदो रहेछ। म त डराइ पो राखेको थिएँ ।'

सिरोमणी ढुंगानाले ट्विट गरेका छन्, 'अरिंगालले धेरै दु:ख दियो भने राति राँको बालेर गोलो नै पोलिदिने चलन पनि हुन्छ गाउँघरतिर। आगोको राँकोसँग पनि जाईलाग्न जाँदा अरिंगालको गोलो नै सकिन्छ।'

अरिँगाल
.
'खनिने' हरूको 'जेनरिक' नाम अरिँगाल सार्वजनिक गरिदिएकोमा प्रमज्यूलाई धन्यवाद!
.
गतिलो विकल्प माथिबाटै आयो, अब हनुमान, हनु, पवनपुत्र आदि नभनौँ ल? pic.twitter.com/gSd9DlPqof

— केदार शर्मा (@kedarsh) September 15, 2018

प्रकाशित: ३१ भाद्र २०७५ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App