१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्मला पन्त हत्याकाण्डको विरोध गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

फाइल तस्बिर

काठमाडौं- नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धनमा सरकारले काम गर्न नसकेको कांग्रेस नेता दिलेन्द्र बडुले बताए।

उनले अपराधमा संलग्नलाई सरकारले पक्राउ गर्न नसकेको भन्दै आखिर यो अवस्था किन आयो भन्दै प्रश्न गरे। छानविन समितिमा रहेका एक सदस्य वीरेन्द्र केसीले ज्यानको सुरक्षा नभएको भन्दै राजीनामा दिएको भन्दै शक्तिशाली भनिएका अपराधी को हुन् ? किन सरकार संरक्षणमा लागेको छ भन्दै जवाफ माग गरे।

उनले सरकार कसले चलाइरहेको छ भन्दै प्रश्न गरे। रोल्पामा तरुणदलका नेता  रोहित पुनको हत्यामा सरकार किन मौन बसिरहेको छ? सरकारसँग जवाफ माग गरे।

प्रकाशित: २८ भाद्र २०७५ ०५:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App