७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओमप्रकाश मिश्र भन्छन्– अदालतमा राजनीतिक प्रभाव छैन् (अवधारणापत्र सहित)

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा राजनीतिक प्रभाव नभएको दाबी गरेका छन्।

आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै मिश्रले अदालतमा राजनीतिक प्रभाव सम्भव नभएको तर्क गरेका हुन्। 

‘हामी कहाँ कानुन, नजिर, खुला बहस हुन्छ। त्यसकारण प्रभावको अवस्था आउँदैन्’, उनले भने, ‘कहीँ कतै कथमकदाचित भइहाल्यो भने त्यसको पनि उपाय छ। त्यसको लागि सजायँको व्यवस्था छ।’

अवधारणापत्र हेर्न यहाँ क्लीक गर्नुहोस् 

सुनुवाई समितिमा मिश्रले दिएको जवाफः

अदालतमा राजनीतिक प्रभावको कुरा आफूले त महसुस गरेको छैन जस्तो लाग्छ। म पनि २०४६ सालदेखि न्यायाधीश छु। तर आजसम्म कुनै प्रकारले महसुस गरेको छैन्। एउटा कुरा के हुन्छ की नयाँ नियुक्ती गर्ने जुन संस्था छ संवैधानिक परिषद, न्याय परिषद्, त्यसमा केही असर पर्छ की भन्ने कुरा उठ्ने गरेका छन्। तर न्यायाधीश एकचोटी भित्र आइसकेपछि मेरो अनुभवमा त्यो जस्तोसुकै आग्रह पूर्वाग्रह लागेको किन नहोस काम गर्दा चाहीँ पृष्ठपोषण गर्न सक्दैन। हामी कहाँ कानुन, नजिर, खुला बहस हुन्छ। त्यसकारण प्रभावको अवस्था आउँदैन। कहीँ कतै कथमकदाचित भइहाल्यो भने त्यसको पनि उपाय छ। त्यसको लागि सजायँको व्यवस्था छ। त्यो हामी गर्नेपनि गर्छाैं कहिलेकाँही र सम्बन्धि निकाय पनि यसमा सचेत हुन जरुरी छ।

प्रकाशित: २५ भाद्र २०७५ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App