काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रलाई अनुमोदन गरेको छ।
आइतबार विहान सिंहदरबारस्थित संसद सचिवालयमा बसेको समितिको बैठकले सुनुवाई गर्दै मिश्रको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो। सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले मिश्रको नाम सर्वसम्मतीले अनुमोदन गरेको जानकारी दिए।
यसअघि प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीलाई सुनुवाई समितिले अस्वीकृत गरेको थियो। जोशी अस्वीकृत भएपछि संवैधानिक परिषदको भदौ ७ गतेको बैठकले मिश्रको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।
प्रकाशित: २५ भाद्र २०७५ ०६:२० सोमबार



-600x400.jpg)

