१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चन्द नेतृत्वका ११ नेता कार्यकर्ता पक्राउ

इलाम - प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। इलामको सूर्याेदय नगरपालिका स्थित समालबुङबाट उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको हो। नेकपाको झापा र इलामका जिल्ला तहका नेता कार्यकर्ता पक्राउ परेको पुष्टि गरेपनि प्रहरीले उनीहरूको नाम भने खुलाएको छैन। दुवै जिल्लाका नेता कार्यकर्ताले भेला तयारी गरिरहेका बेला भारतीय सीमानजिकै सिद्धिखोला छेउबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए। इलामको जिल्ला तहका एक नेता खोजी गर्ने क्रममा पशुपतिनगर इलाका प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको सुरक्षा स्रोतले जनाएको छ।स्रोतका अनुसार प्रहरीले सुरुमा ४ जनालाई देखेर नियन्त्रण गर्न खोज्दा बाँकी नेता कार्यकर्ता भागेपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो।

प्रकाशित: १३ भाद्र २०७५ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App