१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चकाे आदेश

काठमाडाैं- सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। 

न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले विश्वकर्मालाई २४ घण्टाभित्र उपस्थित गराई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए । 

विश्वकर्माका भाइ वीरेन्द्रले शुक्रबार दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज सुनुवाइ गरी आदेश दिइएको हो। यससँगै अदालतले तीन पटक सरकारका नाममा आदेश दिएको छ। आदेश दिइएपछि पक्राउ परेका विश्वकर्मालाई छाड्ने र पुनःप्रहरीले पक्राउ गर्ने गरेको छ। सरकारले चन्दा उठाएको र स्काभेटर जलाएको आरोपमा विश्वकर्मालाई पक्राउ गरेको थियो। 

प्रकाशित: १० भाद्र २०७५ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App