१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महामन्त्री कोइराला भन्छन् : सरकारले ट्रयाक छोडिसक्यो

नेपालगन्ज- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वर्तमान सरकारले ट्रयाक छाडिसकेको बताका छन्। ‘एक वर्ष नपुग्दै सरकार दिशाहिन भईसक्यो, उसले गलत ट्रयाक समातिसक्यो,’ प्रेस युनियन बाँकेले बुधबार गरेको पत्रकार भेटघाटमा भने।

वर्तमान सरकारले बढाएको कर र मुल्यवृद्धि, प्रेस तथा नागरिक स्वतन्त्रतामाथी गरेको हस्तक्षेप लगायत क्रियाकलापले दिशाहिन भएको प्रष्ट्याए। दुई तिहाईको दम्भले वर्तमान सरकारले पञ्चायत शैलीमा नागरिकका अधिकार, प्रेस स्वतन्त्रतामाथी सिधै हस्तक्षेप गरिरहेको उल्लेख गरे। चुनावमा भोट दिएका जनताले वर्तमान सरकारको कार्यशैलीबाट पछुतो मानेको कोईरालाको भनाई छ। ‘चुनावमा तत्कालिन एमाले र माओवादीको वाम गठबन्धनलाई भोट दिएकाहरु नै सरकारको कार्यशैलीबाट अहिले पछुताउनु भएको छ,’ उनले भने। नेपाली कांग्रेस निर्वाचित भएको स्थानीय तहमा कुनैपनि कर नबढ्ने दोहोर्‍याए। 

अर्को प्रसङ्गमा महामन्त्री कोइरालाले कांग्रेसभित्रको एकता सबैले आत्मालोचना गरेर मात्र हुन सक्ने बताए। ‘पार्टी एकता कुनै छडि लगाएर हुने होईन, सबैले आत्मालोचना गर्नुपर्‍यो नि,’ उनले भने। आफु महामन्त्री बन्दा कुनै समूहबाट उम्मेदवारी दिएपनि पदमा आईसकेपछि गुटबन्दीभन्दा बाहिर भएको दाबी गरे। 

 

प्रकाशित: ६ भाद्र २०७५ ०८:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App