काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय सुनुवाई विशेष समितिको बैठक बहिष्कार गरेको छ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे मतदानबाट निर्णय लिने सत्ता पक्षको निर्णयपछि कांग्रेसका सदस्यहरु बैठक छाडेर हिडेका छन्।
कांग्रेसले बहिष्कार गरेपनि सत्तारुढ दलका सदस्यहरु भने बहुमतबाट निर्णय लिने तयारीमा छन्। समितिमा नेकपाका ९, कांग्रेसका ४, फोरम र राजपाका १÷१ सदस्य छन्। कांग्रेसले बहिष्कार गरेपनि मतदान भए सत्ता पक्षको बहुमत पुग्छ।
प्रकाशित: १८ श्रावण २०७५ ०७:५७ शुक्रबार



-600x400.jpg)

