१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न अमेरिकाको आग्रह

काठमाडौं– अमेरिकी राजदूत अलाइना बी टेप्लिजले गृहमन्त्री रामबहादुर थापासँग बुधबार विदाई भेट गरेकी छिन्। उनी १३ दिनपछि कार्यकाल पुरा गरी स्वदेश फर्किदैछिन्। 

भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको गृह मन्त्रालयले जनाएको छ। सो क्रममा राजदूत टेप्लिजले अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न आग्रह गरेकी थिइन्।

अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको बताउँदै अमेरिकी नागरिकको प्रवेशाज्ञा शुल्क पुनरावलोकन, मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा चासो राखेकी थिइन्।

जवाफमा मन्त्री थापाले ती विषयहरु मन्त्रालयले अध्ययन गरिरहेको र सोही आधारमा भविष्यमा निर्णय लिइने स्पष्ट पारे।

भेटमा टेप्लिजले आफ्नो कार्यकालमा नेपाल र अमेरिका सम्बन्ध थप मजबुत बनाउन खेलेको भूमिकाप्रति गृहमन्त्रीले धन्यवाद व्यक्त गरे। नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने उनले आशा व्यक्त गरे।

पछिल्लो समय अमेरीका र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले विश्व शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास गृहमन्त्रीले व्यक्त गरे।

राजदूत टेप्लिजले १३ दिनपछि नेपालको कार्यकाल सम्पन्न गरेर अमेरिका फर्कन लागेको जानकारी दिँदै आफ्नो नेपाल बसाई सुखद रहेको बताइन्। उनले आफ्नो कार्यकालमा नेपाल सरकार र गृह मन्त्रायबाट पाएको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गरिन।

प्रकाशित: ९ श्रावण २०७५ १०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App