१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसी र सरकारी टोलीबीच वार्ता जारी

काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसी र सरकारबीच बार्ता भइरहेकाे छ। सरकारी पक्ष र र डा. केसीको टोलीबीच शिक्षा मन्त्रालयमा चिकित्सा शिक्षा विधेयक र डा केसीका मागबारे छलफल भइरहेकाे छ। सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली बनाएको थियो। डा. केसीले उक्त टोलीसँग वार्ता नगर्ने बताउँदै आएका थिए।

मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटालाई भेटेका थिए। नेकपाका नेता सुभाष नेम्वाङको पहलमा प्रधानमन्त्री र नेकपा अध्यक्ष दाहाल सहित माथेमा र बास्कोटा छलफलमा बसेका थिए।

प्रधानमन्त्रीले केसीका माग र चिकित्सा शिक्षा विधेयकबारे कसरी निष्कर्षमा पुग्न सकिन्छ भन्दै माथेमा र बाँस्कोटासँग छलफल गरेका थिए। 'प्रधानमन्त्रीसँगको भेटपछि म आशावादी भएको छु', भेटपछि माथेमाले नागरिकन्यूजसँग भने, 'डा. केसी र चिकित्सा शिक्षाको गुणस्तरबारे प्रधानमन्त्री संवेदनशिल भएको भएको पाएँ।' चाँडै निकास निकाल्नु पर्छ भन्नेमा उहाँको जोड देखिएको उनले बताए।

सरकारी वार्ता टोलीलाई सवै म्यान्डेट दिएको भेटको क्रममा प्रधानमन्त्रीले बताएका थिए। निकासको लागि सहयोग गर्न समेत नेकपाका अध्यक्ष द्वयले माथेमा र बाँस्कोटालाई आग्रह गरेका थिए। अनसन टुंगाउँदै समाधान निकाल्न सकिने उपायबारे बैठकमा माथेमाले आफ्नो धारणा राखेका थिए।

'काठमाडौंमा १० वर्षसम्म किन मेडिकल कलेज खोल्न दिनु हुँदैन र एक विश्व विद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई किन सम्वन्धन दिनु हुँदैन भन्नेबारे कुरा राखेँ', माथेमाले भने, 'प्रधानमन्त्रीले पनि मेडिकल कलेजका समस्याबारे आफुले त्यहाँ जाँदा प्रत्यक्ष देखेको बताउनु भयो।'

केसीका काम सम्वोधन हुनेमा दुई नेकपाका दुई अध्यक्षबीचको छलफलपछि आफु आशावादी भएको उनले बताए। डा. केसी २५ दिनदेखि अनशनरत छन्।

प्रकाशित: ८ श्रावण २०७५ १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App