जुम्ला - विगत २० दिन देखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले आज जबरजस्ती काठमाडौँ ल्याउने तयारी गरेको छ । हेलिकोप्टर मार्फत उनलाई आज काठमाडौँ पुर्याउने तयारी जुम्लामा भैरहेको छ।
उनलाई लिन काठमाडौँबाट हेलिकोप्टर आउने तयारीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । त्यसकै तयारीका लागि अस्पताल क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको छ ।
प्रकाशित: ३ श्रावण २०७५ ०३:३५ बिहीबार