१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीको पक्षमा नेवि संघ सडकमा

जुम्ला- कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सघन उपचार कक्षमा अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेवि संघ सडकमा उत्रिएको छ। डा. केसीको माग गरिव, विपन्न र दुर्गम क्षेत्रको स्वास्थ्य क्षेत्र सुधारको पक्षमा देखिएको भन्दै नेवि संघका केन्द्रिय महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्ष राम प्रसाद अधिकारीको टोली जुम्लामा पुगेर एक्यवद्धता जनाउँदै सडकमा उत्रिएको हो।

स्वास्थ्य क्षेत्रमा माफियाकरण अन्त्य गर, कर्णालीमा एमबीबीएस पढाई शुरु गर,डा. केसीको जीवन रक्षा गर,वार्ता टोली गठन गर,नालायक सरकार र स्वास्थ्यमन्त्री मुर्दावाद र डा. केसीको सत्याग्रह सफल पारौ भन्ने नारा सहित स्थानीय प्रशाशनको निषेधित क्षेत्र तोड्दै उनीहरुले प्रदर्शन गरेका थिए।

सदरमुकाम खलंगाको वालमन्दिरमा आयोजित कोण सभामा वोल्दै नेवि संघका महामन्त्री कुन्दनराज काफ्लेले गरिव विपन्न  र दुर्गम क्षेत्रको स्वस्थ्य अवस्था सुधारका पक्षमा डा. केसीले थालेको सत्याग्रहका पक्षमा दवाव सिर्जना गर्नु पर्नेमा जोड दिए। उनले केदारभक्त माथेमाको प्रतिवेदन हुवहु कार्यन्वयन गर्दै, स्वस्थ्य र शिक्षामा समान पहुँच पर्‍याउन सरकार लाग्न पर्ने बताए।

प्रकाशित: ३१ असार २०७५ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App