१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिबद्धतामै सीमित चुनावी एजेण्डा

धनगढी- प्रदेश ७ को एकमात्र उपमहानगरपालिका धनगढीमा जनप्रतिनिधि चुनिएर सपथ खाएको मंगलबार एक वर्ष पूरा भयो। निर्वाचनका बेला स्मार्ट सिटी बनाउने देखि बेरोजगारी, गरिबी अन्त्यसम्मका आकर्षक ऐजेण्डा जनप्रतिनिधिले जनता समक्ष लिएका थिए। एक वर्षको अवधिमा ऐजेण्डा बमोजिम सन्तोष जनक काम नभएको निर्वाचका प्रतिद्वन्दीले बताएका छन्।

निर्वाचित प्रमुख नृप वडका निकटतम प्रतिद्वन्दी गोपाल हमालले मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर निर्वाचनका बेला जनताका बीचम गरेका प्रतिबद्धता पूरा गर्न ध्यानाकर्षण गराएका छन् । ‘एक वर्षमा ऐजेण्डा पूरा नभएपनि अबका वर्षमा त्यहीँ बमोजिम काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण पत्रकार सम्मेलन गरेको हुँ,’ उनले भने, ‘धनगढी उपमहानगरपालिकाले काम गरिदिएन भने हामी र हाम्रा सन्ततीले समेत दुःख पाउने छन् ।’ अहिल काम नभए  विकासमा पाँच वर्ष पछाडि पर्ने भएकाले धनगढी उपमहानगरपालिकाले गर्ने काममा चासो राख्न सर्वसधारणलाई पनि उनले आग्रह गरे । धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पनि बजेट सिध्याउन असारमा रातारात काम गर्ने, वर्षा परेको सडकमाथि पिच गर्ने, गुणस्तरहिन काम गरेर बजेटको बह्रमलुट गर्नमा सुधार नहुनु दुःखद् कुरा भएको उनको भनाइ छ ।

‘अहिले असारमा गुणस्तरहिन काम गरेर बजेट सकियो, केही महिनामा त्यो भत्किन्छ र अर्को वर्ष पनि त्यहीँ काममा बजेट हाल्नु पर्छ । यसरी विकास हुदैन्,’ उनले भने, ‘विकासका नाममा गुणस्तरहिन काम गरेर बजेट सक्ने परम्परा अन्त्य हुनुपर्छ।’

प्रकाशित: २७ असार २०७५ ०८:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App