१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाको बैंठकले नियमावली टुंग्याउने

फाइल फाेटाे

काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको नेकपा सचिवालय बैठकमा पार्टीको नियमावली परिमार्जनका विषयमा प्रारम्भिक छलफल भएको छ। बैठकमा नियमावली परिमार्जनका लागि गठन गरिएको कार्यादलले प्रस्तुत गरेको प्रतिवेदनका विषयमा प्रारम्भीक छलफल भएको र बुधबार बिहान ८ः३० मा बस्ने बैठकले नियमावलीका विषयमा टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। मंगलबार बिहान स्थगित भएको बैठक बेलुका पाँच बजे पनि बस्ने भनिएको थियो । पछि नियमावलीको टुंगो लगाउनेगरी एकैपटक बुधबार बिहान बस्ने निणय भएको हो।

‘मंगलबार बसेको सचिवालय बैठकमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका विषयमा प्रारम्भीक छलफल भएको छ, बुधबार बस्ने बैठकले यसका विषयमा टुंगो लगाउने छ,’ श्रेष्ठले भने । नियमावलीको टुंगो लगाउन नेकपाले नेताहरू वामदेव गौतम, रामबहादुर थापा र विष्णु पौडेल सदस्य रहेको तीन सदस्यीय कार्यदल गठन भएको थियो। कार्यदलले मंगलबार बसेको बैठकमा सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेको थियो।

बुधबार प्रतिवेदनमाथि थप छलफल गरेर नियमावलीमा टुंगो लगाइने श्रेष्ठले जानकारी दिए। ‘प्रतिवेदनमा कुनै विवाद छैन, त्यसैले छलफल पछि बुधबार बिहान बस्ने बैठकले नियमावलीको टुंगो लगाउँछ।’ पार्टीको नियमावली टुंगो नलाग्दा एकीकृत पार्टीका जनवर्गीय संगठनको एकता तथा संघीय संरचनाअनुसार कस्तो संगठन बनाउने भन्ने कुरा टुंगो लाग्न सकेको छैन । नियमावलीको टुंगो लागेसँगै संगठनको ढाचाको पनि टुंगो लाग्ने श्रेष्ठको भनाई छ।

नेकपामा हालसम्म पार्टीको नाम, सिद्वान्त, मार्गदर्शक सिद्वान्त, अध्यक्ष, केन्द्रीय सचिवालय, वरिष्ट नेता, महासचिव, केन्द्रीय समिति, स्थायी समिति र चुनाव चिन्हको टुंगो लागेपनि जनवर्गीय संगठन तथा तल्लो तहका समितिको टुंगो लाग्न सकेको छैन।

प्रकाशित: २७ असार २०७५ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App