१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राजपाले संविधान संशोधन गर्न दबाब दिने

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपालले संविधाना संशोधन गर्न सरकारलाई दबाब दिने भएको छ। संविधान संशोधनको विषयमा सरकरको धारणा बुझ्न राजपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने भएको हो।

राजपा अध्यक्षमण्डलको आइतबार बसेको बैठकले संविधान संशोधनबारे सरकारको धारणा बुभ्mन प्रधानमन्त्रीलाई भेट्ने निर्णय गरेको राजपा अध्यक्षमण्डलका सदस्य शरतसिहं भण्डारीले बताए। उनले भने, ‘अब एकपटक हामीले प्रधानमन्त्रीलाई भेटेर संविधान संशोधनबारे सरकारको धारणा बुझ्छौँ। सरकारले संविधान संशोधन गर्न आवश्यक ठानेन भने हामीले हाम्रो धारणा बनाउँछाैँ।’ संविधान संशोधनमा सरकारले आलटाल गरिरहेको आरोप पनि उनले लगाए।

अध्यक्षमण्डलको बैठकले पार्टीका भातृ संगठनहरूको नामकरण गर्ने विषयमा निर्णय गरेको छ । सबै भातृ संगठनको नाममा अगाडि राष्ट्रिय राख्ने र पछाडि संघ राख्ने निर्णय बैठकले गरेको भण्डारीले जानकारी गराए। सोमवार राजपाको संसदीय दलको बैठक बस्ने भएको छ । सोमवारको बैठकमा संसदीय दलके नेता चयन गर्ने प्रक्रिया सुरु हुने राजपाका नेताले जनाएका छन् । आइतबार बसेको अध्यक्षमण्डलको बैठकले संसदीय दलको विधान पास गरेको थियो।

गत तीन दिनदेखि बसेको राजपाको राजनीतिक समितिको बैठकले गरेको निर्णय सार्वजनिक गर्ने या नगर्ने विषयमा आइतबार बसेको अध्यक्षमण्डलको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतोबीच केहीबेर विवाद उत्पन्न भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार बैठकमा महतोले राजनीतिक समितिले गरेका सबै निर्णय सार्वजनिक गर्न प्रस्ताव गरेका थिए। महतोको सो प्रस्तावमा ठाकुरले असहमति जनाएको स्रोतको दाबी छ। महतोले प्रस्ताव राखेपछि ठाकुर उत्तेजित भई एकपटक टेबुल ठोकेको थिए। बैठकमा अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवले राजपका हाल रहेका केन्द्रीय सदस्यहरूलाई महाधिवेशन प्रतिनिधि मानी महाधिवेशन गर्न प्रस्ताव राखेका थिए। सो प्रस्तावलाई अन्य नेताहरूले असहमति जनाएका थिए। बैठकमा पार्टीको पहिलो महाधिवेशन वीरगञ्ज, जनकपुर र राजविराजमध्ये एक ठाउँमा गर्ने निर्णय भएको पार्टीका नेताहरूले जनाएका छन्।

प्रकाशित: २५ असार २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App