१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाँच ‘स’ मार्फत कांग्रेस सरकारविरुद्ध आक्रमकरुपमा प्रस्तुत हुने

तस्बिर : दीपेश श्रेठ/नागरिक

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारविरुद्ध पाँच ‘स’ मार्फत आक्रामक रुपमा प्रस्तुत हुने निर्णय गरेको छ।

बुधबार बिहान संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकार संवैधानिक व्यवस्था कमजोर बनाउन सक्रिय रहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको हो।

बैठकले पाँच ‘स’ सदन, सडक, सञ्चार माध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत् सरकारमाथि दबाव सिर्जना गर्ने निर्णय गरेके छ।

‘सरकारको क्रियाकलाप संवैधानिक निकाय र व्यवस्थालाई कमजोर बनाउन उद्यत छ,’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले भने,  ‘त्यसविरुद्ध संसद् र पार्टीको भूमिका प्रभावकारी बनाएर अगाडी बढ्नेछौँ।’

संवैधानिक व्यवस्थाअनुसार संसदीय समितिहरूमा सबैदललार्इ समावेस गरेर सरकार अगाडी बढ्नु पर्ने बताए। सतारुढ दललले सभामुख र उपसभामुखमध्ये एउटा पद छाड्नु कांग्रेसके ठहर छ।

यस्तै बैठकले डा. गेविन्द केसीके स्वास्थ्य अवस्था बुझ्न तीन जनलाई जुम्ला पठाउने निर्णय गरेको छ। गगांमाया अधिकारीको जीवन रक्षाका सरकार उदासिनरहेको कांग्रेसले बताएको छ। गंगामायाके माग सम्बेधनका लागि सरकारलार्इ दबावदिने निर्णाय गरेको छ। यस्तै गंगामायालार्इ भेट्न कांग्रेसका तीन सांसद पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिना अाज दिउँसो ३ बजे जाने भएका छन्।

बैठकमा समसामयिक राजनीति र आगामी संसद बैठकमा पार्टीको भूमिकाबारे र संसदमा पेश भएका विधेयकबारे छलफल पनि छलफल भएको थियो।

प्रकाशित: २० असार २०७५ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App