१० आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

सञ्चारमन्त्रीको राजीनामा माग्दै चरिकोटमा मसाल जुलुस

चरिकोट– आफ्नो अन्तर्वार्तापछि एउटा टेलिभिजन कार्यक्रम नै बन्द गर्न निर्देशन दिएर विवादमा तानिएका सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा माग गर्दै दोलखाको सदरमुकाम चरिकोटमा नेविसंघले बिहिवार सांझ मसाल जुलुस निकालेको छ। 

बास्कोटाको अन्तर्वार्तापछि नेपाल टेलिभिजनको एउटा टक शो बन्द भएलगत्तै प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै नेविसंघले मसाल जुलुस निकालेको हो। काङ्ग्रेस जिल्ला कार्यालयबाट निस्किएको मसाल जुलुस बजारका विभिन्न भागको परिक्रमा गरि सातदोबाटो चोकमा पुगेर कोण सभामा परिणत भएको थियो। 

मसाल जुलुसका सहभागीले सञ्चारमन्त्री बास्कोटाका बिरुद्ध चर्का नारा लगाउदै राजीनामा माग गरेको थियो। जुलुसमा सातदोबाटो चोक नजिक प्रहरीले केहीबेर हस्तक्षेप गरेको थियो। जुलुसका सहभागीले मुल्यबृद्धि साथै सरकार बिरुद्ध चर्का नारा लगाएका थिए। सातदोबाटो चोकमा आयोजित कोण सभामा नेपाली काङ्ग्रेस दोलखाका सचिव सन्तोष रिमाल लगायतले बोलेका थिए।

प्रकाशित: ३१ जेष्ठ २०७५ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App