१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मन्त्रीहरु लिएर जंगी अड्डा किन पुगे ओली ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। प्रधानमन्त्री भइसकेपछि ओली दोस्रो पटक मन्त्रीहरु साथ लिएर बुधबार जंगी अड्डा पुगेका हुन्। 

प्रधानमन्त्रीकाे सचिवालयका अनुसार ओली राष्ट्रिय महत्वको आयोजना काठमाडौं तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)बारे जानकारी लिन जंगी अड्डा गएका हुन्। 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठका साथमा जंगी अड्डा पुगेका प्रधानमन्त्री ओलीलाई प्रधानसेनापति राजेन्द्र क्षत्रीले स्वागत गरेका थिए। 

जंगी अड्डामा आयोजित कार्यक्रममा फास्ट ट्रयाक निर्माणका लागि सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा आयोजना प्रमुख प्राविधिक उपरथी योगेन्द्र बहादुर खाँणले जानकारी गराएका थिए।

आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति सम्बन्धमा प्रधानमन्त्री ओली विश्वस्त भएको र उनले सरकारबाट निर्माण कार्य सहयोगको लागि कुनै पनि कसर बाँकी नरहने हुँदा तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको निर्देशनालयले जनाएको छ।

कार्यक्रममा रक्षामन्त्री, अर्थमन्त्री, यातायात मन्त्रीका साथै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेल र नेपाली सेनाका रथीवृन्दहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ३० जेष्ठ २०७५ १६:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App