१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

वर्तमान सरकार ५ वर्ष टिक्छः दाहाल

चितवन - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन्।

भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको अनावरण गर्दै उनले भने, “अब विकास र समृद्धिको बाटोमा हिँडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौँ ।”स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए । उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो।
 

प्रकाशित: ३० जेष्ठ २०७५ ०५:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App