१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

कथित पत्रकार र कालो कोटधारी एक थाल भातमा बिक्री भए : बालकृष्ण ढुंगेल

काठाडमौं– माओवादी नेता बालकृष्ण ढुंगेलले डलरवादीहरुले आफूलाई मैदानमा आउन नदिने दुस्साहस गरेको बताएका छन् । मंलबार राष्ट्रपतिबाट कैद मिनाह पाएर डिल्लीबजारस्थित करागारबाट रिहा भएका उनले डलरवादीहरुको अभियानप्रति घृणा गर्ने बताए । 
‘शान्तिको नाममा युद्ध र युद्धको नाममा शान्तिको खेती गर्ने र नेपाललाई जहिले पनि समृद्धिको राज्य नबनाउने, भिख मागेर खाने डलरवादीको जुन अभियान छ, त्यसप्रति म घृणा गर्दछु,’ उनले भने । 

ढुंगेलले आज पनि डलरवादीहरुले आफूविरुद्ध रिट हालेर एक थाल भातका लागि बिक्री भएको बताए । ‘यो देशमा एक थाल भातमा बिक्री हुने पत्रकार र एक थाल भातका लागि अनैतिक कालो कोट लगाएर सर्वोच्च अदालत धाउने कथित न्यायाधीशहरु, कथित वकिलहरुलाई राज्यले बुझनुपर्छ,’ उनले भने । उनले डलरवादीहरुविरुद्ध सरकारले गरेको आँट सराहनीय भएको बताए ।

उनले आफ्नो रिहाईलाई गणतन्त्रका निम्त गरेको योगदानको कदर भएको बताए । उनले आफूलाई जेल हाल्ने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोशित हुँदै आफूमाथि षडयन्त्र गरेर गणतन्त्रको मालिक बनेको अरोप लगाएका थिए । 

उनले अहिले भइरहेको घटनाक्रमले जसले गणतन्त्र ल्यायो उसैलाई अपहरण गर्ने दुस्साहस भएको बताए । उनले आफ्नो जीवन रहुन्जेल गणतन्त्रको रक्षा गर्ने वाचासमेत गरे । ‘मेरो जीवन जबसम्म यो धर्तीमा जीवित रहन्छ, गणतन्त्र अपहरण हुन नदिन आफ्नो काम कर्तव्य पूरा गरिराख्नेछु,’ उनले भने । 

उनले यो रिहाईले न आफू खुसी भएको न निरास नै भएको बताए । संघर्षशील जीवनमा फेरि कारागार बाहिर जीवनको यात्रा आरम्भ भएको बताए । अगामी दिनमा यो देशको समृद्धिको निम्ति, पार्टीले निर्माण गर्ने कार्यदिशालाई आत्मसाथ गरेर अगाडि बढ्ने उनले बताए । आफ्नो औकातले भ्याएसम्म द्वन्द्व वयवस्थापन र राज्य समृद्धिको लागि पनि खट्ने उनले बताए । 

 

प्रकाशित: १५ जेष्ठ २०७५ ०४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App