१० माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

कमल थापालाई दाइ भन्दै सामाजिक सञ्जालमा राजेन्द्र लिङदेनको पोष्ट

विभिन्न कम्युनिष्ट दलहरूबीच एकता चलिरहेका समय हिन्दुराष्ट्रको मुद्दा बोकेका दुई दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पनि पुनः संवाद सुरु भएको छ।  

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच मंगलबार भेटवार्ता भएको हो। 'दाजुभाइको भेटघाट सबै पक्षमा सकारात्मक कुराकानी...' लेखेर लिङदेनले सामाजिक सञ्जालमा पोष्ट गरेको फोटो अर्का अध्यक्ष थापाले सेयर गरेका छन्।  

दुई नेताबीचको भेटवार्तामा विशेष गरेर पार्टी एकीकरणमा केन्द्रित रहेको दाबी राप्रपा एक नेताको छ। भेटमा पछिल्लो राजनीतिक अवस्था र निर्वाचन सम्बन्धमा पनि कुराकानी भएको छ ।  

दुई अध्यक्षबीच यसअघि पनि पटक पटक पार्टी एकीकरणको विषयमा कुराकानी भएको थियो। तर सिद्धान्तको विषयमा कुरा नमिलेपछि निष्कर्षमा भने पुग्न नसकेको बताइएको छ। 

प्रकाशित: २५ कार्तिक २०८२ १९:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App