३१ चैत्र २०८१ आइतबार
image/svg+xml १७:५१ अपराह्न
राजनीति

सिन्डिकेट हटाउने भट्टराईलाई मन्त्रीको मिलेमतोमा सरुवा

काठमाडौं- सिन्डिकेटविरुद्ध खुलेर लडेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई विभागबाट हटाइएको छ।

यातायात क्षेत्रमा वर्षौंदेखि रहेको सिन्डिकेटविरुद्ध विभिन्न नौ वटा कार्यविधि ल्याएर यतायात क्षेत्रमा सुधारको शुरुवात गरेका भट्टराई उक्त सुरधारको निष्कर्ष नआउँदै विभागबाट हटाइएका हुन्।

वैशाख २३ गते सरकारको कदमविरुद्ध घुँडा टेकेका सिन्डिकेटधारी यातायात व्यवसायीको मिलेमतोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महाशेठले भट्टराईलाई विशेष जिम्मेवारी दिनुपर्ने भन्दै सरुवा गरेका हुन्। उनलाई विभागबाट मन्त्रालय फिर्ता गराइएको छ।

भट्टराईले नागरिकज्यूजसँग कुरा गर्दै उनले आजै सरुवाको पत्र बुझेको बताए। 'राज्य मैले गरेको काममा सन्तुष्ट नगरेको बुझेको छु', भट्टराईले भने, 'सरुवाको पत्र आजै बुझें।'

यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा ल्याउने महत्वपूर्ण काम सक्नुपूर्व सिन्डिकेट विरुद्ध नेतृत्व गरेका भट्टराईलाई हटाएर उक्त पद रिक्त राखिएको छ। बैशाख २३ गते यतायात मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री महाशेठले भट्टराईलाई मिडियासँग जथाभावी नवोल्न धम्काएका थिए। त्यस यता मन्त्री र सांसद समेत रहेकी उनकी श्रीमती जुली महतो यातायात व्यवासयीसँग निरन्तर उठवसमा रहेर सरुवाको कदम चालेको मन्त्रालय स्रोतको दावी छ। भट्टराईको सरुवाबारे बुझन् मन्त्री महाशेठलाई बारम्वार सम्पर्क गर्दा पनि फोन उठेन।

 

 

प्रकाशित: ४ जेष्ठ २०७५ १३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App