१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

रसुवाको बाढीमा बेपत्ता प्रहरीको शव चितवनमा भेटियो

रसुवाको बाढीमा बेपत्ता भएका एकजना प्रहरीको शव चितवनमा भेटिएको छ। भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो।

बाढीमा बेपत्ता तीन प्रहरीमध्ये रामेछाप लिखु तामाकोशी गाउँपालिका–४ घर भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव आथज साँझ ६ः२० बजे त्रिशूली नदीमा तैरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।

उनको शवको एउटा खुट्टामा प्रहरीको बुट भेटिएको थियो। श्रेष्ठको पहिचान उनकी श्रीमतीले गरेकी हुन्। प्रहरीचौकी हाकु रसुवामा दरबन्दी रहेका उनी इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए।

प्रकाशित: २४ असार २०८२ २२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App