१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकन गर्न जाने तयारीमा प्रधानमन्त्री

रसुवामा बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले जाने तयारी गरेका छन्।

प्रधानमन्त्री ओली मंगलबार दिउँसो रसुवा जाने सक्ने प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले बताए। उनले भने, प्रधानमन्त्री ज्यु ले जाने तयारी गर्नु भएको छ। तर जाने नै भन्ने त्यस्तो निर्णय छैन।

गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल भने रसुवा बाढीको अवलोकन गर्न त्यसतर्फ जाँदै छन्। 

प्रकाशित: २४ असार २०८२ १४:३० मंगलबार

#NagarikNews