१९ माघ २०८२ सोमबार
image/svg+xml
राजनीति

समृद्ध राष्ट निर्माणमा युवाहरुको खाँचो छ: उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरूका विचारलाई हौसला दिनु र व्यावहारिक रूपान्तरण दिनु आजको आवश्यकता भएको बताएका छन्।

सोमबार राष्ट्रिय युवा परिषद्ले यहाँ आयोजना गरेको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’ लाई सम्बोधन गर्दै उपराष्ट्रपतिले युवाहरूको सशक्त आवाजलाई नीति निर्माणको मूलधारमा समावेश गर्न सक्नुपर्नेमा जोड दिए।

उनले भने, “युवाहरूको सोच, दृष्टिकोण र नवीन विचारहरूलाई आत्मसात् नगरी हामी समृद्ध नेपालको कल्पना गर्न सक्दैनौँ। उनीहरू परिवर्तनका संवाहक हुन्।”

उपराष्ट्रपति यादवले हालको परिस्थितिमा युवाहरूको ऊर्जा, जोस र नवप्रवर्तनशील क्षमतालाई सही दिशा दिनु सबै तह र तप्काका नेतृत्वकर्ताहरूको दायित्व भएको उल्लेख गरे।

उनले भने, “युवाहरू उज्यालो भविष्यका सुनिश्चितता हुन्। उनीहरुका क्षमता र नवप्रवर्तनशीलतालाई सही दिशा दिनु सबै तहका नेतृत्वकर्ताको दायित्व हो। हाम्रो जस्तो मुलुकमा युवाहरूको ऊर्जा र नवीन धारणा निकै महत्त्वपूर्ण छन्।”

समृद्ध राष्ट्र निर्माणमा युवाको खाँचो रहेकाले युवाहरूको ऊर्जा, जोस र नवप्रवर्तनशील क्षमतामा सबैको सकारात्मक सोच र आवश्यकता अपरिहार्य रहेको उनले बताए।

उनले भने “युवाहरूका आवाजलाई नीति निर्माणमा समावेश गर्न सबैको  ध्यानाकर्षण हुन जरुरी छ। समृद्ध राष्ट्र निर्माणमा युवाहरूको खाँचो रहेको छ।”

प्रकाशित: १६ असार २०८२ १५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App