१४ पुस २०८२ सोमबार
image/svg+xml
राजनीति

तस्बिरमा मदन भण्डारीको ७४ औं जन्मोत्सव

नेकपा (एमाले) का तत्कालीन महासचिव तथा जननेता मदन भण्डारीको ७४ औं जन्मोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

यस अवसरमा मदन भण्डारी फाउन्डेशनले काठमाडौंको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम जारी छ। कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत शीर्ष नेताहरू सहभागी छन्।

पछिल्लो समय नेकपा (एमाले) वृत्तमा पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतालाई लिएर चर्चा चलिरहेको छ। यही चर्चाका बीच अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी एउटै मञ्चमा देखिएका छन्।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत अन्य नेता तथा कार्यकर्ताहरूको पनि बाक्लो उपस्थिति रहेको छ।

हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: १४ असार २०८२ १६:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App