३० असार २०८२ सोमबार
image/svg+xml
राजनीति

दलित संघ अध्यक्षले अवैधानिक रुपमा ४१ जिल्लामा अध्यक्ष तोकेको आरोप

नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष लोकबहादुर विश्वकर्माले अवैधानिक रुपमा ४१ जिल्लामा नयाँ अध्यक्ष तोकेको केन्द्रीय सदस्यहरूले आरोप लगाएका छन्।

अध्यक्ष विश्वकर्माले पटक पटक गरी ४१ जिल्लामा नेपाल दलित संघका जिल्ला कार्यसमितिलाई विघटन गरी नयाँ अध्यक्ष तोकेपछि संघका आधा दर्जन केन्द्रीय सदस्यले विरोध जनाएका हुन्।

संघका केन्द्रीय सदस्यहरू मुक्त बहादुर महते, रामसुन्दर महरा, शिव बहादुर सुनार, धर्म नेपाली, हरिहर परियार, पवित्रा विश्वकर्मा, सन्जुसिंह विश्वकर्मा, प्रेम विश्वकर्माले मंगलबार संयुक्त विज्ञप्ति प्रकाशित गरी अध्यक्षको निर्णयको विरोध गर्दै विघटन गरिएका भनिएका ४२ जिल्लाका अध्यक्षलाई यथास्थनमा रहेर काम गर्न आग्रह गरेका छन्।  

अध्यक्ष विश्वकर्माले कार्यसम्पादन समितिको गठन सहमति र सन्तुलित ढंगले नगरेको, आन्तरिक रुपमा सहमति नगरी एक पटक पनि वैधानिक रुपमा केन्द्रीय कार्यसमिति तथा कार्यसम्पादन समितिको बैठक बस्न नसकेको, कार्यसम्पादन समिति बनाउने क्रममा आन्तरिक सहमति नजुटाई, भूगोल र समावेशितालाई नजरअन्दाज गरेको जनाएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले गठन गरेको नेपाल दलित संघको केन्द्रीय महाधिवेशन सम्पन्न गर्न गठन भएको केन्द्रीय निर्देशक समिति तथा नेपाल दलित संघ केन्द्रीय कार्यसमितिका सदस्यहरूको सहमति बेगर अवैधानिक रुपमा जिल्ला विघटन गरेको आरोप लगाएका छन्।

प्रकाशित: १० असार २०८२ २२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App