२८ असार २०८२ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री सिंहको छड्के: अवैध कर असुल्ने तीन रंगेहात पक्राउ

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पर्साको एक सडक खण्डमा आकस्मिक अनुगमन गरी अवैध रूपमा कर असुलिरहेका तीन जनालाई रंगेहात पक्राउ गराएका छन्।

विशेषगरी भारतीय सवारीसाधनसँग तोकिएको भन्दा बढी रकम असुल्ने गरेको गुनासो बढेपछि मुख्यमन्त्री सिंह आफैँ सोमबार सडकमा निस्किएका हुन्।

सोमबार ड्राइपोर्टदेखि परवानीपुरसम्मको सडकमा अस्थायी ढाट राखेर अवैध असुली भइरहेको सूचना पाएपछि मुख्यमन्त्रीको टोलीले छड्के जाँचमा निस्किएको थियो। सोही क्रममा अवैध असुलीमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।

छड्केपछि संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री सिंहले भने, ‘जनताको गुनासो सुनिन्थ्यो, आज प्रत्यक्ष देखियो। अवैध असुली, बलजफ्ती कर र सीमापार सवारीसाधनमाथिको दुर्व्यवहार अब सह्य हुँदैन।’

पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ। प्रहरीले उनीहरूको विस्तृत विवरण सार्वजनिक गरिसिसकेको छैन र अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित: ९ असार २०८२ २१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App