२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

कोशीको पानी झापा पुर्‍याउन सांसद् विश्वकर्माको माग

कोशीको पानी झापाको मेची नदीसम्म पुर्‍याउन एक सांसदले माग गरेका छन्।

सोमबारको प्रदेशसभा बैठकको शून्य समयमा सांसद् गोपालबहादुर विश्वकर्माले कोशीको पानी नहर बनाएर झापा पुर्‍याउन प्रदेश सरकारसँग माग गरेका हुन्।

बाली लगाउने बेला किसानहरूले सधैँ सिँचाइको अभाव झेल्नु परेको भन्दै उनले कोशीको पानी सिँचाइका लागि झापा पुर्‍याउन माग गरेका हुन्।

उनले भने ‘यता कोशीमा पानी बगेर खेर गइरहेको छ। उता किसानका खेत सिँचाइ नभएर बाँझै हुने गरेको छ। अब, कोशीको पानी झापाको मेची नदिसम्म पुर्‍याउने व्यवस्था गरियोस्।’

विश्वकर्माले बाली लगाउने बेला किसानले मल नपाएर हैरानी बेहोर्नु परेको भन्दै किसानलाई सहज रुपमा मलको व्यवस्था गरिदिन प्रदेश सरकारलाई उनले ध्यानाकर्षण समेत गराए। 

प्रकाशित: ९ असार २०८२ २०:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App