राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा हाजिर भएका छन्।
तीनकुने घटनामा संलग्न भएको आरोपमा सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि फरार रहेका मिश्र हाजिर भएका हुन्।
मिश्रको थुनछेकका लागि बयान सुरु भएको छ। न्यायाधीश तारादेवी महर्जनको इजलासमा बयान भइरहेको छ।
प्रकाशित: ३ असार २०८२ ११:४६ मंगलबार





