राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले सदन जनताको पक्षमा नचलेको टिप्पणी गरेकी छन्। आइतबार (आज) को संसद्मा आफूहरूको प्रतिरोधको सम्झना गर्दै उनले फेसबूकमा लेखेकी छन्, 'आज संसद् ३ घण्टा १७ मिनेटसम्म चल्यो। यसैबीच ३ घण्टा १५ मिनेटसम्म हामी अविराम, अविचलित रूपमा प्रतिरोधमा अडिग रह्यौँ। प्रतिरोध चलिरहँदा पनि संसद् चल्यो, तर त्यो संसद् जनताको पक्षमा चलेन।'
उनले सरकार आफ्नो दायित्वबाट उम्किन खोजिरहेको पनि बताएकी छन्। 'यदि राज्यको संरक्षणमै जनता बेचिन्छन् भने जनप्रतिनिधिको मौनता लज्जास्पद मात्र होइन, दायित्वबोधबाट उम्किएको स्पष्ट प्रमाण हो। संसद् चल्नुपर्छ, तर जनताको न्यायका लागि, जनताको पक्षमा चल्नुपर्छ,' उनले भनेकी छन्।
उनले रास्वपा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय स्वतन्त्र छानबिन समितिको स्पष्ट संरचना सुनिश्चित नभएसम्म रहने बताएकी छन्।
दुई दिनयता सदन रास्वपा र राप्रपाको विरोधका बाबजुद चलिरहेको छ।
प्रकाशित: १ असार २०८२ २१:०२ आइतबार