२५ असार २०८२ बुधबार
image/svg+xml
राजनीति

पूर्वसभामुख सापकोटा भन्छन्- असन्तुष्ट पक्षहरूको आवाज सुन्ने अभ्यास गर्नुपर्छ

पूर्वसभामुख अग्नि सापकोटाले संसद्‌मा सभामुखले असन्तुष्ट पक्षहरूको आवाजलाई पनि सुन्नुपर्ने बताएका छन्। संसद्‌मा विपक्षी दलहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख देवराज घिमिरेले बैठक चलाइरहेको सन्दर्भमा सापकोटाले यस्तो बताएका हुन्।

यसबारे प्रतिनिधिसभा नियमावली २०७९ मा ठोस व्यवस्था नभएको र सदन मुख्यत: सभामुखकै निर्देशनमा चल्ने भए पनि असन्तष्टहरूको आवाजलाई सम्बोधन गर्दै जाने अभ्यास गर्नुपर्ने उनले बताए।

‘नियमावलीले नै ठोस रूपमा केही व्यवस्था त गरेको छैन। तर, विपक्षीहरूको आवाजको पनि सम्बोधन गरिनुपर्छ। सकेसम्म सबैलाई समेटेर लानका लागि सभामुखले अधिकतम् प्रयास गर्नुपर्छ,’उनले भने।

सापकोटाले विगतको अभ्यास र वर्तमानको आवश्यकताले पनि त्यसको निर्धारण गर्ने बताए। ‘विगतको अभ्यास र अहिलेको आवश्यकताले निर्धारण गर्छ। तर, के सत्य हो भने फेरि सत्तापक्ष र प्रतिपक्ष दुबैले अडान लिइरहने हो भने त्यसले कसैलाई कति पनि फाइदा गर्दैन। यसर्थ, निचोड त निकाल्नैपर्‍यो। त्यसका लागि सबै पक्ष उत्तिकै लचकता हुनुपर्छ,’उनले भने।

सदनमा अहिले रास्वपा र राप्रपाले विरोध जनाइरहेका छन् भने सभामुख घिमिरेले पेलेरै बैठक सञ्चालन गरिरहेका छन्।

प्रकाशित: १ असार २०८२ २०:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App