१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

२६ वटा माइक्रोबसको सवारी इजाजत खारेज

काठमाडौँ – नयाँ बसपार्कदेखि पुरानो बसपार्कको रुटमा चल्ने २६ वटा माइक्रोबसको सवारी इजाजत खारेज भएको छ। यातायात व्यवस्था विभागले शुक्रबार उक्त रुटका २६ माइक्रोको इजाजत खारेज गरेको हो। 

सिन्डिकेट विरुद्ध सरकारले चालेको कदमको विरोध गर्दै यातायात व्यवसायीहरूले आन्दोलन स्वरुप शुक्रबार सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएका छन्। 

आन्दोलनको समर्थन गरी माइक्रो नचलाउनेहरूको रुट परमिट खारेज भएको हो। सवारी इजाजत खारेज भएका माइक्रोहरू नयाँबसपार्कदेखि गोंगबु,सामाखुसी, लैनचौर रत्नपार्क सुनधारा रुटमा चल्दै आएका थिए। 

प्रकाशित: २१ वैशाख २०७५ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App